विपदका बीच ओलीको स्वागत गर्न विमानस्थल बन्द-Sutra News

विपदका बीच ओलीको स्वागत गर्न विमानस्थल बन्द

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किन लागेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको छ ।



प्रधानमन्त्री ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । विमानस्थल स्रोतका अनुसार उनी आउने भएसँगै आन्तरिक तथा बाह्य दुवै उडान आधा घण्टालाई रोकिएको हो ।

ओलीको अवतरणका लागि अहिले काठमाडौँमाथिको आकाशमा आएका अन्य जहाजलाई होल्ड गरिएको छ ।

प्रधानमन्त्री ओली १० दिनको लामो अमेरिका भ्रमण सकेर स्वदेश फिर्ता हुने भएका हुन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ४ गते (शुक्रवार) अमेरिका पुगेका थिए ।

यहीबीच देशमा भारी वर्षासँगै आएको बाढी पहिरोमा परी झण्डै दुई सय जनाले ज्यान गुमाए भने तीन दजर्नभन्दा बढी बेपत्ता रहेका छन् । देशमा विपद हुँदा सामाजिक सञ्जालमा रमाएर बसेको भन्दै उनको विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट