झ्याप्ले खोलामा अवरुद्ध खुलेपछि १७ सय सवारी काठमाडौँ भित्रिए-Sutra News

झ्याप्ले खोलामा अवरुद्ध खुलेपछि १७ सय सवारी काठमाडौँ भित्रिए

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारी साधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।



गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारी साधन काठमाडौँ भित्रिएको जानकारी दिए । उनले आज दिउँसोदेखि काठमाडौँबाट बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए ।

“आजदेखि काठमाडौँ उपत्कायबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरने छन्”, उनले भने, “मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गरेर अघि बढेको छ ।”

अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली परिचालन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट