मंगलबार कांग्रेस संसदीय दलको बैठक बस्ने-Sutra News

मंगलबार कांग्रेस संसदीय दलको बैठक बस्ने

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।



कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी कांग्रेस संसदीय दलको कार्य समिति र संसदीय दलको बैठक यही असोज १५ गते मंगलबार बस्न लागेको जनाएको छ ।

उक्त दिन संसदीय दलको कार्य समितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्न लागेको हो । दुवै बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट