काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी काम नगरेको भनेर विरोध मात्रै भएको दाबी गरेका छन् ।
१० दिने अमेरिका भ्रमण सकेर स्वदेश फिर्ता भएका उनले भने, ‘विरोधका लागि विरोध होला, तर सरकारले तत्काल गर्न सक्ने काम सरकारले गरेको छ, उद्धार र राहतको काम सरकारले तत्काल पुर्याएको छ ।’
उनले देश हुँदा आफूले घटनाबारे जानकारी लिएको भन्दै आवश्यक निर्देशन दिएको बताए ।