कैदसहित जरिवाना माग्दै दुर्गा प्रसाईविरुद्ध मुद्दा दायर-Sutra News

कैदसहित जरिवाना माग्दै दुर्गा प्रसाईविरुद्ध मुद्दा दायर

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।



सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको कसुरमा दुई वटा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

उनलाई विद्युतीय अपराधमा असोज ६ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो । उनीमाथि ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट