घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य-Sutra News

घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य

सोमबार, १४ असोज २०८१

सोमबार, १४ असोज २०८१

काठमाडाैं । चाडपर्व नजिकिँदै गर्दा इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाएको हो ।



सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको हाे ।

निगमकाे निर्णयसँगै पहिलो वर्गमा अब पेट्रोलको भाउ १५५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै, डिजेल र मट्टीतेल १४४ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै, दोस्रो वर्गमा पेट्रोलको भाउ १५७ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४६ रूपैयाँ पर्नेछ।

यसैगरी, तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १५८ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल १४७ रूपैयाँ पर्नेछ।

हवाइ इन्धन आन्तरिकमा निगमले प्रतिलिटर ६ रूपैयाँ घटाएको छ। अन्तर्राष्ट्रियमा भने प्रति किलोलिटर अमेरिकी डलर ४५ कम गरेको छ।

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।

इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै, आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट