आज तपाईं दिन कस्तो, राशिफलमा के छ ?-Sutra News

आज तपाईं दिन कस्तो, राशिफलमा के छ ?

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

 



आज मिति २०८१ असोज १५ गते मंगलबार । सन् २०२४ अक्टोबर १ तारिख । नेपाल सम्बत ११४४ चर्तुदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ५६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४९ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः

मेष

अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ भने विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । भौतिक साधन जुट्नेछन् । उत्साहजनक समाचारले मन प्रशन्न रहला । सन्तान पक्षको माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन होला । तथापि, आजको दिन आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, सावधान रहनुहोला । समग्रमा समय मनोरञ्जनात्मक नै रहनेछ ।

बृष

शुभ समाचार प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । व्यापारमा राम्रै फाइदा हुनेछ । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । तथापि, सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिने योग पनि छ । आर्जित धन खर्च हुन सक्छ । सावधान रहनुहोला ।

मिथुन

पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ । परिस्थिति अनुसार चल्ने प्रयत्न गर्नु हितकर हुनेछ । काम बिग्रने डरले सताइरहला । कृषि व्यवसायमा हुनुहुन्छ भने त्यसबाट सोचेको लाभ नउठ्न सक्छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्ने हुँद विशेष ख्याल राख्नुहोला । यी सबका बाबजुद विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने योग छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट

प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ चने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । खेलकुद तथा रसरागमा आकर्षण रहनेछ ।

सिंह

नयाँ कामको प्रस्ताव आउने समय छ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुने योग छ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । यात्रागत कार्य सफल हुनेछ । निकटतम् मित्रको विशेष साथ प्राप्त होला । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति वृद्धि हुनेछ ।

कन्या

शुभता र आयबल वृद्धि हुनेछ । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । विभिन्न सहयोग र उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर होला । कुनै पनि समस्याको समाधान मिल्नेछ ।

तुला

कर्मबल वृद्धि हुने समय छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्ला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ ।

बृश्चिक

अनावश्यक दौडधुप वृद्धि हुनसक्ने दिन छ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा विशेष सजगता अपनाउनुहोला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, सावधानीका साथ व्यवहार गर्नु हितकर हुनेछ । मिहिनेतले रोकिएको काम बन्नेछ ।

धनु

दीर्घ कालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । प्रेम र मित्रताको गाँठो कसिएला । लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्, ख्याल राख्नुहोला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

बोलीको प्रभावले फाइदा उठाउन सकिने समय छ । काम देखाएर विशेष उपलब्धि हात पार्न सकिने छ । विशिष्टजनको सहयोग जुट्ने छ । व्यवसायमूलक काममा पनि राम्रै फाइदा होला । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेमभाव बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ

पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइने देखिन्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्ने योग रहेकोले सन्तुलित व्यवहार गर्ने प्रयत्न गर्नुहोला । अध्ययन तथा अध्यापनमा पछि परिने समय छ । प्रतिस्पर्धीहरूबाट सजग रहने विशेष प्रयत्न गर्नुहोला ।

मीन

समय शुभदायी छ । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ र, प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि परिणाम तपाईंकै पक्षमा रहनेछ । अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । बोलीको भरमा काम सम्पादन हुने योग छ । आरोग्य रहनेछ भने सुख विलास पनि बढ्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट