आज पनि चार प्रदेशमा वर्षा हुने, अन्य स्थानको मौसम कस्तो ?-Sutra News

आज पनि चार प्रदेशमा वर्षा हुने, अन्य स्थानको मौसम कस्तो ?

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौँ । आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।



हाल कोशी, मधेस, बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका केही स्थानसहित बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट