प्रिसेसनमा झिनो अंकले बढ्यो नेप्से, आजको कारोबार कस्तो रहला ?-Sutra News

प्रिसेसनमा झिनो अंकले बढ्यो नेप्से, आजको कारोबार कस्तो रहला ?

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ । १.४८ अंकले बढ्दै नेप्से २५१०.३४ को बिन्दुमा उक्लिएको छ ।



यद्यपि, कारोबारमा आएका ३२ कम्पनीमध्ये १२ को मूल्य बढ्यो भने १७ को मूल्य घट्यो । तीन कम्पनीको मूल्य स्थिर रह्यो ।

विशेषगरी जलविद्युत क्षेत्रका कम्पनीको कारोबार भएको यो सेसनमा २७९७ कित्ता सेयर किनबेच भयो । जसको कुल कारोबार रकम २४ लाख १३ हजार ९९२ रुपैयाँ रह्यो ।
कारोबारका हिसाबले नेपाल फाइनान्स, सोनापुर मिनरल्स, सिवम् सिमेन्टलगायत शीर्ष स्थानमा रहे ।

लगातार गिरावटका बिच साताको दोस्रो कारोबार दिन (सोमबार) नेप्से ४४.४५ अंकले बढ्दै २५०८.८६ को बिन्दुमा उक्लिएको थियो । सोमबार कारोबारमा आएका अधिकांशजसो कम्पनीको मूल्य बढेको थियो ।

जसको प्रभाव आजको प्रिओपन सेसनमा पनि देखिएको छ । प्रिसेसनमा सूचकसँगै कारोबार रकम पनि केही बढेको छ । यसले आजको कारोबार केही सुखद हुने सम्भावनालाई दर्शाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट