लगातार तेस्राे दिन पनि घट्याे सुनकाे भाउ-Sutra News

लगातार तेस्राे दिन पनि घट्याे सुनकाे भाउ

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडाैं । साताकाे तेस्राे काराेबार दिन (मंगलबार) पनि स्थानीय बजारमा सुनकाे मूल्य घटेकाे छ । शुक्रबार उच्च बिन्दुमा पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य त्यसयता घटिरहेको छ ।



आइतबार प्रतिताेला ६ सय रूपैयाँले घटेकाे सुनकाे मूल्य साेमबार प्रतिताेला १ सय रूपैयाँले घटेकाे थियाे । मंगलबार थप ५ सय रूपैयाँले मूल्य घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतिताेला १ लाख ६० हजार रुपैयाँ कायम भएकाे छ । अघिल्लो कारोबार दिन सोमबार छापावाला सुनको मूल्य १ लाख ६० हजार ५०० रुपैयाँ कायम थियो।

मंगलबार सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि घटेकाे महासंघले जनाएकाे छ । प्रतिताेला १५ रुपैयाँले घट्दै चाँदी प्रतितोला १ हजार ९२५ रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ ।

मंगलबार अन्तरराष्ट्रिय बजारमा भने सुनको मूल्य बढेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस २ हजार ६३९ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट