प्रधानमन्त्री ओलीले राखे पत्रकार सम्मेलन-Sutra News

प्रधानमन्त्री ओलीले राखे पत्रकार सम्मेलन

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् । १० दिन लामो अमेरिका भ्रमण सकेर सोमबार स्वदेश आइपुगेका उनले आज दिउँसो ४ बजे पत्रकार सम्मेलन राखेको हो ।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन हुने उनको सचिवालयले जनाएको छ ।

गत शुक्रबार र शनिबार देशभर भिषण वर्षा हुँदा बाढी पहिरोमा परी २१७ जनाको शव फेला परेको छ । दर्जनौँ बेपत्ता छन् भने हजारौँ अलपत्र परेका छन् ।

अमेरिकाको पूर्वनिधारित कार्यक्रम सकेर हिजो मात्रै स्वदेश फिर्ता भएको भन्दै प्रधानमन्त्री ओलीको चर्का आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट