पार्टी कार्यालय डुबेपछि एमाले सचिवालय बैठक होटलमा सुरु-Sutra News

पार्टी कार्यालय डुबेपछि एमाले सचिवालय बैठक होटलमा सुरु

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक होटल बसेरामा सुरु भएको छ ।



एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यालय डुबानमा परेकाले बैठक होटलमा राखिएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै हालैको बाढी पहिरो, राहत तथा उद्धारबारे समीक्षा हुने उनको भनाइ थियो । बैठकमा पार्टीको भावी रणनीतिबारे पनि छलफल हुनेछ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट