खुट्टामा गोली लागेपछि अभिनेता गोविन्दा अस्पताल भर्ना-Sutra News

खुट्टामा गोली लागेपछि अभिनेता गोविन्दा अस्पताल भर्ना

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौँ । बलिउडका चर्चित अभिनेता गोविन्दा गम्भीर घाइते भएका छन् । उनी खुट्टामा लागेको गोली कारण घाइते भएका हुन् । आज बिहान भएको घटनामा उनी घाइते भएका हुन् ।



अभिनेता गोविन्दाले बन्दुक सफा गर्ने क्रममा आफ्नै खुट्टामा गोली लागेको थियो । उनी बिहान कतै जान निस्किएका थिए । यस क्रममा उनले बन्दुक सफा गर्न खोजे । सोही बेला बन्दुकबाट गोली चल्यो ।

गोली प्रहार भएपछि तत्कालै घटनास्थल पुगेर प्रहरीले गोविन्दको बन्दुक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अहिले प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट