गृहमन्त्रीको दाबी- विपद्पछि उद्धारमा सरकारले काम गरिरहेको छ-Sutra News

गृहमन्त्रीको दाबी- विपद्पछि उद्धारमा सरकारले काम गरिरहेको छ

बाढी पहिरामा परी देशभर २१८ जनाको मृत्यु

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढी पहिरामा परी देशभर २१८ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।



सोही अवधिमा २७ जना बेपत्ता भएका छन् भने १४३ जना घाइते भएका छन् । मन्त्री लेखकले विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताए ।

उनले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिए ।

‘खोज तथा उद्धार जारी छ, राहत सामग्री वितरणको कार्य पनि जारी छ, सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ, राहत सामग्री परिचालन र पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्,’ उनले भने ।

बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिए । ५० वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उनले काठमाडौँ उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएका बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट