नागढुंगा सडक दुई घण्टा बन्द-Sutra News

नागढुंगा सडक दुई घण्टा बन्द

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने प्रमुख सडक पृथ्वी राजमार्ग (नागढुंगा सडक) दुई घण्टाका लागि बन्द गरिएको छ । असोज १२ गतेको बाढी पहिरोपछि एकतर्फी सञ्चालन हुँदै आएको सडक दिउँसो २ बजेसम्मका ठप्प गरिएको हो ।



नेपाल प्रहरीका अनुसार झ्याप्ले खोलाको पहिरो पन्छाएर सडकलाई पूर्ण सञ्चालन गर्नका लागि दुई घण्टाका लागि राजमार्ग बन्द गरिएको हो ।

प्रहरीले लामो यात्रामा निस्कनु पर्ने भए नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी मात्रै निस्कन आग्रह गरेको छ ।

झ्याप्ले खोलाको पहिरोले बन्द भएको सडक सोमबारदेखि आंशिक रुपमा खुलेको थियो । यहाँको पहिरोमा परी तीन दर्जन यात्रुले ज्यान गुमाएका थिए भने आधा दर्जन सवारी साधनमा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट