त्रिकोणात्मक टी-२० मा नेपाल र क्यानडा भिड्दै-Sutra News

त्रिकोणात्मक टी-२० मा नेपाल र क्यानडा भिड्दै

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आज नेपालले क्यानडासँग खेल्दै छ । नेपाली समयअनुसार खेल राति ९ः४५ मा किङ सिटीमा सुरु हुनेछ ।



नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित हुँदा दोस्रो खेलमा ओमनलाई ३७ रनले पराजित गरेको हो । एक हारसहित एक जित निकालेको नेपाल आज जित्नै पर्ने दबाबमा छ ।

पहिलो खेलमा १२४ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा १०९ रनमा अल आउट भएको थियो ।

दोस्रो खेलमा गुल्सन झाले १७ बलमा ४० रनको इनिङ खेलेसँगै जित सहज बनेको थियो । नेपालका स्पिनर सन्दीप लामिछाने प्रमुख बलरका रुपमा मैदानमा उत्रिएका छन् । उनलाई दीपेन्द्र र कुशलले साथ दिने छन् ।

त्रिकोणात्मक सिरिजअघि भएको लिग २ मा भने नेपाल क्यानडासँग दुवै खेलमा पराजित भएको थियो । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले बुधबार ओमानसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट