दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश-Sutra News

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौँ । साइबर अपराधको कसुरविरुद्ध पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।



साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो ।

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको कसुरमा उनीविरुद्ध दुई वटा मुद्दा दर्ता भएको थियो । उनलाई विद्युतीय अपराधमा असोज ६ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।

उनीमाथि ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट