‘१२ गाउँ’को ट्रेलर : विराजसहित समीरको दमदार एक्सन (भिडिओसहित)-Sutra News

‘१२ गाउँ’को ट्रेलर : विराजसहित समीरको दमदार एक्सन (भिडिओसहित)

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडाैं । विराज भट्टकाे फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ। दसैँको फूलपातिकाे अवसरमा असोज २४ गतेबाट रिलिज गर्ने तयारी गरिएकाे फिल्मकाे मंगलबार ट्रेलर सार्वजनिक गरिएकाे हाे ।



सार्वजनिक ट्रेलरमा विराजसहित उनका छोरा समीर भट्टलाई एक्सन अवतारमा देख्न सकिन्छ। ट्रेलरले १२ गाउँ नामको एक ठाउँकाे कथा बाेलेकाे छ । जहाँभित्रकाे सामन्त, जमिन्दार र शाेषितबिचकाे लडाइँलाई देखाएकाे छ ।

समिरलाई डेब्यु गराइएकाे फिल्ममा पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दैछन्।

फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ ।

सँगै भारतीय सिनेमाका कलाकार पनि यहाँ देखिएका छन् ।

नेपालसहित भारतका केही ठाउँमा छायांकन गरिएकाे फिल्ममा भिएफएक्सभन्दा वास्तविकतालाई देखाउन खाेजिएकाे छ ।

यस्ताे छ ‘१२ गाउँ’को ट्रेलर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट