दुई दिनको बाढी पहिरोमा २२४ जनाको मृत्यु-Sutra News

दुई दिनको बाढी पहिरोमा २२४ जनाको मृत्यु

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौँ । असोज ११ र १२ गतेको काठमाडौँ परेको भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानले २१ जिल्ला प्रभावित भएका छन् । उक्त अवधिमा बाढी र पहिरोमा परी २२४ जनाको मृत्यु भएको छ ।



मंगलबर प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले बाढी, पहिरो र डुबानबारे जानकारी दिएका थिए ।

मुख्यसचिव अर्यालले प्रस्तुत गरेको विवरणमा काभ्रेपलञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट