डिसहोमको इन्टरनेट कनेक्सनमा अफर : ३ महिने बोनससहित अरु स्कीम यस्ता-Sutra News

डिसहोमको इन्टरनेट कनेक्सनमा अफर : ३ महिने बोनससहित अरु स्कीम यस्ता

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौं । डिसहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ ।



कम्पनी सार्वजनिक गरेको अफरअन्तर्गत २ सय एमबिपिएस र ३ सय एमबिपिएसका वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनस को सुविधा उपलब्ध हुनेछ ।

यसको अतिरिक्त, ग्राहकहरूले हरेक हप्ता लक्की ड्रमा सहभागी भई आकर्षक उपहारहरू जित्न सक्नेछन् । हप्तामा १२ भाग्यशाली विजेताहरूले डिएआई होम एप्लाइन्सका सामानहरु, आइटेल ए ६० एस स्मार्टफोन, मिभि एयरबड्स र डिसहोमको फोर के स्टीमर जस्ता उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ ।

यति मात्र होइन, बम्फर लक्की ड्रअन्तर्गत एक भाग्यशाली विजेताले डिएचआई होम एप्लाइन्सको फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन्।

डिसहोमले आफ्ना ग्राहकहरूको लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ । डिएचआई होम एप्लाइनसका सामानहरूमा ४० प्रतिशतसम्मको छुट, मिभि एयरवड्समा ५४ प्रतिशतसम्मको छुट र फायर बोल्ट स्मार्ट वाजमा ७० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सकिने जनाइएको छ ।

यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिसहोमको ३ महिने वा सोभन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ। नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

डिसहोमले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यी आकर्षक अफरहरू सार्वजनिक गरेको हो । आजै आफ्नो नजिकको डिस होमको डिलससँग सम्पर्क गरेर वा ०१–५९७०३६५ मा फोन गरी यी अफरहरूको लाभ उठाउन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट