सिप्रदियन सहायताद्वारा काठमाडौंका १५ प्रमुख स्थानमा यात्रु सहायता कक्ष सञ्चालन-Sutra News

सिप्रदियन सहायताद्वारा काठमाडौंका १५ प्रमुख स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौं । सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाद्वारा काठमाडौं उपत्यकाका १५ प्रमुख स्थानहरूमा यात्रु सहायता कक्षको व्यवस्था गरिएका छ। काठमाडौं महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै सहायता कक्षको व्यवस्था गरिएको हो।



दसैं मनाउन उपत्यका छोड्ने यात्रुहरुको संख्या उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ–बसपार्क, गौशाला, चापागाउँ, हल्चोक, चावहिल, जावलाखेल वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष राखिएको छ।

विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने देखिएको छ त्यसैले यात्रुहरूलाई टिकट बुकिङका क्रममा विभिन्न समस्या र अन्योल नपरोस् भनी यो सेवा दिइएको बताइएको छ।

उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो महँगो टिकट मूल्य, टिकट नपाउनेसँग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विभन्न रुटमा लागु हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट