स्कुल बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको आशंका-Sutra News

स्कुल बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको आशंका

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौँ । थाइल्याण्डमा ४४ जना विद्यार्थी र शिक्षक बोकेको विद्यालयको बसमा आगलागी भएको छ । अधिकारीहरूले बसमा सवार २५ जनाको मृत्यु भएको आशंका व्यक्त गरेका छन् ।



प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले घाइते र पीडित परिवारप्रति समवेदना प्रकट गरे । यातायात मन्त्री सूर्या जुङरुङराङकिटले मृतकको संख्या स्पष्ट नभएको तर आगलागीपछि २५ जनाको विवरण हालसम्म प्राप्त नभएको बताए ।

“प्रारम्भिक प्रतिवेदनअनुसार बसमा ३८ जना विद्यार्थी र ६ जना शिक्षकसहित ४४ जना रहेका थिए, हामीलाई जानकारी भएअनुसार तीन शिक्षक र १६ जना विद्यार्थी बाहिर निस्केका छन्,” उनले भने ।

उथाइ थानी प्रान्तबाट विद्यार्थी बोकेर हिँडेको बस उत्तरी बैंककको उपनगरको राजमार्गमा पङ्चर भएको र ठोक्किएको एक उद्धारकर्मीले जानकारी गराए ।

आगो नियन्त्रणमा लिएको तर शव खोज्नुअघि बस चिसो हुन पर्खनु परेको उद्धारकर्मीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट