प्रचण्डले भने- सरकारको विरोधभन्दा मिलेर उद्धार र राहत गर्नु पर्छ-Sutra News

प्रचण्डले भने- सरकारको विरोधभन्दा मिलेर उद्धार र राहत गर्नु पर्छ

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको प्रभावकारी तयारी नभएकाले प्राकृतिक प्रकोपबाट धेरै धनजनको क्षति भएको बताउका छन् ।



मंगलबार बाढीका कारण डुबानमा परेको उपत्यकाका केही स्थानको अवलोकनका साथै पीडितसँग छलफल गर्दै प्रचण्डले पूर्व तयारी कमजोर भएकै कारण क्षति भएको बताएका हुन् ।

विपदपछि पनि सरकारले उद्धार र राहतमा ढिलाइ गरेको उनको भनाइ थियो । विपदका कारण देश अफ्ठ्यारो अवस्थामा रहेकाले अहिले सरकारको विरोध गर्नुभन्दा सबै मिलेर उद्धार, राहत र पुनस्र्थापना गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट