प्रधानमन्त्रीको दाबी- बाढी पहिरो पीडितलाई राहत रकम वितरण सुरु-Sutra News

प्रधानमन्त्रीको दाबी- बाढी पहिरो पीडितलाई राहत रकम वितरण सुरु

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षा, बाढी, पहिरो र डुबानबाट प्रभावित भएकालाई राहत रकम वितरण सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र पूरा गरिने बताएका छन् ।



प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए ।

क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, विद्युत्का पूर्वाधार मर्मत तथा यथाशीघ्र सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट