आज तपाईंको दिन कति शुभ, के छ राशिफलमा ?-Sutra News

आज तपाईंको दिन कति शुभ, के छ राशिफलमा ?

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

आज मिति २०८१ असोज १६ गते बुधबार । सन् २०२४ अक्टोबर २ तारिख । नेपाल सम्बत ११४४ असोज कृष्ण औंसी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ५७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४८ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः



मेष

समय केही प्रतिकुल रहने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । व्यापार व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । सानो उपलब्धिका लागि पनि ज्यादा परिश्रम गर्नुपर्ने योग भएपनि प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । प्रेमभाव बढ्नेछ भने यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।

बृष

आश मारेको काम बन्नाले उत्साह जाग्ने समय छ । प्रतिस्पर्धामा विजयी भइएला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ भने विशेष योजनाहरू बन्नेछन् । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, तथापि आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । स्वास्थ्य अनुकुल रहला । मिठो भोजन प्राप्त हुनेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन

न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय भए पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । लगानी र श्रमको उचित मूल्य नपाइने योग भएकोले मन शान्त राख्ने प्रयत्न गर्नु हितकर हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्यले सार्थकता पाउने छ ।

कर्कट

आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ । इर्ष्या गर्नेहरूले काममा बाधा दिन सक्ने योग रहेकोले आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । साथीभाइको सहयोग प्राप्त हुनाले उत्साह कायम रहला । रसरागात्मक क्रियाकलापमा मन जानेछ ।

सिंह

परिवारिक सुख र उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल रहला । प्रेमको बन्धनमा कसिने समय छ । आजको दिन सवारीसाधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु उचित हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ तर आश्वासन दिनेले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने योग भएकोले कार्य(व्यवहारमा सजगता अपनाउनुहोला ।

कन्या

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउन गरिएको प्रयत्नले आशाको किरण देखाउनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा उचित हुने देखिन्छ, तर गरिआएको कामलाई निरन्तरता दिन सकिनेछ । आयबल र सुख वृद्धि हुनेछ । यात्रा सार्थक रहनेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला

सामर्थ्य वा कर्मबल वृद्धि भए पनि यात्रामा समस्या आउने तथा बाध्यताका काममा जुट्नुपर्ने समय छ । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । पति वा पत्नीका माध्यमबाट लाभ पुग्ने देखिन्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । नियमित कार्य व्यापारमा सफलता प्राप्त होला ।

बृश्चिक

सामर्थ्य वृद्धि हुने दिन छ । तर, चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्ने देखिन्छ । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहेपनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । मिठो भोजन प्राप्त होला । स्वास्थ्य अनुकुल रहनेछ । रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । प्रतिष्पर्धी परास्त होलान् ।

धनु

दौडधुप वृद्धि हुनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, तथापि लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइने योग रहेकोले सावधानी अपनाउनुहोला । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् तर शत्रु र प्रतिस्पर्धीलाई हराउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक एवम् कलात्मक काममा सफलता मिल्नेछ ।

मकर

आतिथ्यपूर्ण सम्मान प्राप्त हुने दिन छ । प्रेमको बन्धन कसिएला । रसरागमा आकर्षण रहने तथा दामपत्यसुख बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्तिको योग छ । काममा नियमकानूनले साथ दिनेछ । भएको दायित्व पूरा गर्नुहुनेछ । यात्रा सुखद रहला ।

कुम्भ

प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइने समय छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिएला । गुरुजनको विशेष सहयोग जुट्नेछ । तथापि, काम बिग्रने भयले सताइरहने सम्भावना छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नमिले पनि चित्त बुझाउन सकिएला । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन

दिन खासै सुखद नरहला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले सहयोगको तत्परता देखाउन सक्छन्, सजग रहनुहोला । सरकारी कडिकडाउको सिकार भइने समय छ, ख्याल राख्नुहोला । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । शोख पूरा गर्नमा खर्च हुने योग छ । प्रेमभाव वृद्धि हुनेछ तर आत्मियजनबाटै सोचेको साथ नमिल्ने योग छ । आफ्नै प्रयत्नबाट समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट