मृत्यु हुनेकाे संख्या २२८ पुग्याे, २५ अझै बेपत्ता-Sutra News

मृत्यु हुनेकाे संख्या २२८ पुग्याे, २५ अझै बेपत्ता

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडाैं । हालैको बाढीपहिरामा परी २२८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य १५८ जना घाइते भएका छन् ।



गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र सहायता परिचालन गरिएको छ ।

प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट