प्रवेशाज्ञा अवधि सकिँदा पनि नफर्केका १५ बंगलादेशी पक्राउ-Sutra News

प्रवेशाज्ञा अवधि सकिँदा पनि नफर्केका १५ बंगलादेशी पक्राउ

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडाैं । काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।



कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

उनीहरुलाई काठमाडौँ महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट