प्रिसेसनमा कारोबारसँगै बढ्यो नेप्से, आजको कारोबार के होला ?-Sutra News

प्रिसेसनमा कारोबारसँगै बढ्यो नेप्से, आजको कारोबार के होला ?

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । नेप्से ६.१६ अंकले बढ्दै २६२९.७३ को बिन्दुमा उक्लिएको छ ।



प्रिसेनमा कारोबारमा आएका ७८ कम्पनीमध्ये ५२ कम्पनीको मूल्य बढ्यो भने १८ कम्पनीको मूल्य घट्यो । ८ कम्पनीको स्थिर रह्यो ।

विशेषगरी यो सेसनमा वित्त र जलविद्युत क्षेत्रका कम्पनीको कारोबार उच्च रह्यो ।

प्रिसेसनमा सूचकसँगै कारोबार रकम पनि ह्वात्तै बढ्यो । १० हजार ७७५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५६ लाख ४५ हजार रुपैयाँको भयो । जुन केही कारोबार दिनयताकै उच्च हो ।

सोमबार ४४ अंकले बढेको नेप्से, मंगलबार ११४ अंकले बढेको थियो । सँगै कारोबार रकम पनि ह्वात्तै बढेको थियो । केही सातादेखि पाँच अर्ब आसपासमा सीमित कारोबार रकम मंगलबार एकै दिन ७ अर्ब ६१ करोड रुपैयाँको भएको थियो ।

जसको निरन्तरता आजको कारोबार दिनमा पनि हुने सम्भावना प्रिसेसनकाे काराेबारले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट