फेरि बढ्यो सुनको मूल्य-Sutra News

फेरि बढ्यो सुनको मूल्य

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौं । स्थानीय बजारमा साताकाे चाैथाे काराेबार दिन (बुधबार) सुनको मूल्य बढेको छ। उच्च बिन्दुमा पुगेपछि लगातार तीन काराेबार दिनदेखि घटिरहेकाे मूल्य बुधबार बढेकाे हाे ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारकाे तुलनामा यसदिन प्रतितोला ८ सय रूपैयाँले मूल्य बढेकाे छ ।

महासंघका अनुसार मूल्य बढेसँगै आज सुन प्रतितोला एक लाख ६० हजार आठ सय रूपैयाँ पुगेकाे छ । यसअघि मंगलबार सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भएको थियो।

सुनकाे मूल्य बढ्दै गर्दा बुधबार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँले चाँदीकाे मूल्य बढेको हो।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ९३५ रूपैयाँ पुगेको महासंघले जनाएकाे छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट