सिप्रदीयन सहायता संस्थाद्वारा मजदुरलाई खाद्यान्न सहयोग-Sutra News

सिप्रदीयन सहायता संस्थाद्वारा मजदुरलाई खाद्यान्न सहयोग

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौं । सिप्रदी कम्पनीको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था तथा सिप्रदी अटोपार्टस् प्रा.लि.ले बाढी पीडित मजदुरलाई खाद्यान्न सहयोग गरेको छ ।



हालै मात्र निरन्तरको वर्षाको कारणले क्षति भएको उपत्यकाको खोला किनारमा ज्याला मजदुरी गर्दै आईरहेका बाढी पीडित मेकानिक्सहरुलाई दैनिक उपभोग्य सामाग्रीहरु तथा खाद्यान्न सहयोग प्रदान गरेको हो ।

सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरु र सिप्रदी अटोपार्टस् प्रा.लि.का प्रतिनिधिहरुको उपस्थितिमा २६ घरधुरीलाई सिरक, डस्ना र सिरानि एक एक वटा, १ बोरा चामल, ३ किलो दाल, १ लिटर तेल तथा अन्य खाद्य तथा घरायरी सामाग्रीहरु राहत स्वरुप वितरण गरिएको थियो ।

यसैगरी मनसुनी वर्षाका कारण आएको बाढीले नेपालका विभिन्न भू–भागमा बसोबास गरिरहेका व्यक्तिहरुको जनजीवन प्रभावित भएको छ भने कैयौँ घरबार बिहिन भएका छन् । सिप्रदियन सहायता संस्थाले त्यस्ता प्रभावित क्षेत्रहरुमा विभिन्न किसिमका अत्यावश्यक वस्तुुहरु राहत स्वरुप वितरण गर्दैै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट