हङकङ पुगेर वडाध्यक्षले पठाए राजीनामा पत्र-Sutra News

हङकङ पुगेर वडाध्यक्षले पठाए राजीनामा पत्र

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौँ । विगत ११ महिनादेखि हङकङमा रहेका सिरिजंघा गाउँपालिका ३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् ।



वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै असोज १८ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

विं.सं. २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उनले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गरे । यस क्रममा उनले आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा उल्लेख गरिएको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

हालै, स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट