बाढी पहिरोमा फसेका १६३ विदेशी पर्यटकको उद्धार-Sutra News

बाढी पहिरोमा फसेका १६३ विदेशी पर्यटकको उद्धार

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौँ । बाढी पहिरोका कारण अलपत्र १६३ विदेशी पर्यटकको उद्धार गरिएको छ ।



संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको अग्रसरतामा शनिबार मन्त्रालयमा बसेको अकस्मिक बैठकपछि अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा सो उद्धार भएको हो ।

सेलले नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सीलगायत नेपाली सुरक्षा निकायसँग समन्वय गरी पर्यटकको उद्धार गरिरहेको छ ।

पर्यटक प्रहरी र सेलको हटलाइनमार्फत २४ सै घण्टा पर्यटकका लागि सेवा दिन सुरु गरिएको जनाइएको छ । सेलले वेभसाइटमार्फत पर्यटकका लागि हवाई सेवा र मौसमसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ ।

यसै क्रममा बाढी पहिरोमा हराएका भनिएका सिङ्गापुरका पर्यटक याप सी मिन र किङ यी केन्टलाई सुरक्षित अवस्थामा फेला पारिएको मन्त्रालयले जनाएको छ । यस्तै, रामेछापाबाट एक नेपाली र एक भारतीय पर्यटकको उद्धार गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट