वर्षा हुने भएसँगै पूर्वी जिल्लाहरूमा सचेत हुन आग्रह-Sutra News

वर्षा हुने भएसँगै पूर्वी जिल्लाहरूमा सचेत हुन आग्रह

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालका नौ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।



महाशाखाले जारी गरेको सूचनाअनुसार ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा वर्षासँगै बाढीको जोखिम रहेको जनाएको हो ।

त्यसैले आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । ठूला नदीहरूमा बाढीको जोखिम नभए पनि साना तथा खोलामा आकस्मिक बाढी आउन सक्ने अनुमान गरिएको छ ।

आज र भोलि दुई दिन कन्काई नदीको जलसतह उल्लेख्य रुपमा बढ्ने छ । यस क्रममा सतर्कता तहभन्दा तलै रहने सम्भावना छ ।

भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास भई बग्ने केही साना नदीहरुको बहाव भने बढ्ने पूर्वानुमान छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट