भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु-Sutra News

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौँ । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।



अधिकारीहरुका अनुसार मुम्बईको दक्षिण पूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समय अनुसार बिहान ६ः४५ बजे दुर्घटना हुदाँ हेलिकप्टरमा आगो लागेको थियो । ।

दुर्घटनामा हेलिकप्टरमा सवार दुई जना पाइलट र एक जना इन्जिनियरको मृत्यु भएको प्रमुख अग्नि नियन्त्रक अधिकारी देवेन्द्र पोटफोडले पत्रकारहरू समक्ष बताएका थिए । उनले आफूहरू घटनास्थलमा पुग्दा, हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका सबै भागहरू छरिएको देखेको उल्लेख गरे ।

उनले दुर्घटनामा मृत्यु वरण गरेका तीनै जनालाई निकाली उनीहरूलाई प्रहरीलाई हस्तान्तरण गरेको बताए । हेलिकप्टर विपक्षी राष्ट्रवादी काङग्रेस पार्टीले भाडामा लिएको र मुम्बईतर्फ गइरहेको स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट