टि २० अलराउण्डरमा दिपेन्द्र सिंह दोस्रो स्थानमा उक्लिए-Sutra News

टि २० अलराउण्डरमा दिपेन्द्र सिंह दोस्रो स्थानमा उक्लिए

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि २० शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भयो । घरेलु टोलीसँग चार विकेटले पराजित हुँदा दिपेन्द्र सिंह ऐरीले १२ रन बनाए । ३.३ बल बलिङ गरेका उनले विना विकेट २७ रन दिए ।



तर, क्रिकेटको सर्वोच्च निकाय आईसीसीले जारी गरेको पछिल्लो सूचनाअनुसार ऐरी नेपालका लागि कीर्तिमान बनाएका छन् । उनी टि २० फर्म्याटमा विश्वकै ठूला हस्तीहरूलाई पछि पार्दै दोस्रो स्थानमा पुगेका छन् ।

छटौँ स्थानमा रहँदै आएका उनी चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् । ऐरीभन्दा अगाडि इङ्गल्याण्डका लिमा लिभिङ्स्टोन मात्रै छन् ।

टी २० विश्वकप विजयी टोली भारतबाट सबैभन्दा अगाडि हार्दिक पाण्डेय रहेका छन् । उनी सातौँ स्थानमा छन् ।

यता, नेपाली टोलीका कुशल मल्ल ६ स्थान खस्किँदै ४० औँ स्थानमा पुगेका छन् । रोहित पौडेल ५४ औँ स्थानमा यथावत हुँदा गुल्सन झाले ११ स्थान सुधार गर्दै ५६ औँ स्थानमा उक्लिएका छन् । कुशल भुर्तेल ६० औँ, करण केसी ७१ औँ स्थानमा छन् ।

टी २० टोलीमा नेपाल १७ औँ स्थानमा रहेको छ । पहिलो स्थानमा विश्वविजेता भारत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट