उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारले हान्यो छापा-Sutra News

उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारले हान्यो छापा

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।



उक्त भवन निर्माणमा अर्बौंको भ्रष्टाचार भएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो । स्रोतका अनुसार अख्तियारले निर्माणसँग सम्बन्धित कागज पत्र र अनुसन्धान गर्न आवश्यक प्रमाण लिएर गएको छ ।

झण्डै ४ अर्ब लगानीमा बनाइएको यो भवनको ‘सी ब्लक’ निर्माणाधीन अवस्थामा एकातिर कोल्टिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट