सुख्खा पहिरोले कन्टेनर डिब्बामा क्षति-Sutra News

सुख्खा पहिरोले कन्टेनर डिब्बामा क्षति

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौँ । रसुवाको टिमुरेभन्दा दक्षिण तातोपानी नजिक रोकिएर राखिएका आठ वटा कन्टेनर डिब्बामा सुख्खा पहिरोले क्षति भएको छ ।



केरूङतर्फ सामान लिन जान पालो कुरेर रोकी राखिएका ती कन्टेनर डिब्बामा मङ्गलबार राति आएको सुख्खा पहिरोले क्षति पुर्‍याएको हो ।

भारी वर्षाले अवरूद्व स्याफ्रुबेँसी–रसुवागढी खण्डको सडक मङ्गलवार खुलेसँगै केरूङमा सामान लिन गएका ती कन्टेनर डिब्बा केरूङतर्फको भूभागमा सडक बन्द भएको जानकारी पाएपछि पार्किङ अभाव अभावका कारण सडक छेउमा राखिएको थियो ।

चिनियाँ भू–भागको केरूङ रसुवागढीबीच भागका पहिरोले सडक पूर्ण क्षति भएपछि उक्त खण्ड पुनः सञ्चालनका लागि करिब ४०–४५ दिन लाग्ने रसुवाका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाललाई केरूङ प्रशासनले जानकारी गराइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए ।

रोकेर राखिएका कन्टेनरका डिब्बामा क्षति भएपछि पार्किङ गरेर राखिएका अन्य कन्टेनर आ–आफ्ना घरतर्फ फर्काउन सबै सवारी धनीलाई अनुरोध गरिएको जिल्ला प्रहरी प्रमुख भट्टराईले जानकारी दिए ।

यसअघि पहिरोले अवरुछ भएको सडक मङ्गलबार सञ्चालन भएपछि केरूङ जानका लागि ४० वटा कन्टेनर टिमुरे क्षेत्रमा प्रवेश गरेका प्रहरीले जनाएको छ ।

यसैबीच, केरूङबाट दसैँका लागि आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुसहित कपडा बोकेर आएका दुई सय कन्टेनर भन्सार हातामा रहेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट