प्रधानन्यायाधीशमा प्रकाशमानसिंहको नाम अनुमोदन-Sutra News

प्रधानन्यायाधीशमा प्रकाशमानसिंहको नाम अनुमोदन

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१
adalat

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदित भएको छ ।



बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । संवैधानिक परिषद्को गत भदौ ३१ मा प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गरेको थियो ।

सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश राउतले न्याय परिषद्बाट हुने न्यायाधीश नियुक्तिलगायतका काम कारबाहीलाई प्रभावकारी बनाउने बताएका थिए ।

सिंहदबारमा बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो भावी कार्य योजना प्रस्तुत गर्दै राउतले न्याय परिषद्बाट हुने न्यायाधीश नियुक्तिलगायतका काम कारबाहीलाई प्रभावकारी र विवादरहित बनाउन विशेष ध्यान दिने बताए ।

उनले न्यायपालिका सुधारका लागि बिचौलियाको नियन्त्रण गर्ने, न्यायाधीशको सुक्ष्म निगरानी गर्ने, अनलाइनमार्फत अनियमितता र गुनासोउपरको उजुरी सुन्न सकिने प्रणाली विकास गर्ने लगाएतका योजना सुनाएका थिए ।

त्यस्तै, राउतले न्यायपालिकामा न्यायिक सदाचारको प्रवर्द्धनका लागि सूचकको तोकेर मूल्यांकनको प्रणाली विकास गर्ने उल्लेख गरे । यस्तै, राउतले सर्वोच्चमा मुद्दाको कार्यबोझ कम गर्न अदालतहरूको क्षेत्राधिकार सम्बन्धी व्यवस्थामा परिमार्जनका लागि अध्ययन गरी कार्यान्वयन गर्ने उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट