बाढी पहिरो पीडितलाई सहयोग गर्न होटल संघको कोष स्थापना-Sutra News

बाढी पहिरो पीडितलाई सहयोग गर्न होटल संघको कोष स्थापना

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौँ । होटल संघ नेपालले बाढी पहिरो पीडितका लागि राहत सहयोग उपलब्ध गराउने भएको छ । देशका विभिन्न स्थानमा हालै आएको वर्षाले बाढी पहिरोबाट प्रभावित व्यक्ति तथा परिवारका लागि होटल संघले राहत कोष स्थान गरेको सघले विज्ञप्तिमार्फत जनाएको छ ।



‘होटल संघले विपद्को समयमा राहत कोष स्थापना गरी पीडित पक्षहरुलाई सहयोग गर्ने उद्देश्यका साथ राहत कोष स्थापना गरेको र कोषमा जम्मा भएको रकम यथाशीघ्र सरकारमार्फत बुझाइनेछ’, विज्ञप्तिमा भनिएको छ ।

बाढी पहिरोबाट धनजनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै संघले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभका लागि कामना गरी शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट