राष्ट्रपतिले एक महिनाको तलब उद्धार कोषमा दिने-Sutra News

राष्ट्रपतिले एक महिनाको तलब उद्धार कोषमा दिने

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढी पहिरो प्रभावितलाई राहत स्वरुप एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएका छन् ।



त्यसैगरी राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले पनि एक साताको तलब सुविधा कोषमा प्रदान गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

हाल राष्ट्रपतिले मासिक करिब दुई लाख रुपैयाँ तलब लिँदै आएका छन् । यसबाहेक उनका लागि सुरक्षा, आवासदेखि लत्ता कपडासम्मको सुविधा रहेको हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट