बाढी पहिरो पीडितका उद्धारमा लाग्न सभापति लामिछानेको आग्रह-Sutra News

बाढी पहिरो पीडितका उद्धारमा लाग्न सभापति लामिछानेको आग्रह

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी पहिरो पीडितको उद्धार र राहतलगायतका काममा थप क्रियाशिल हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।



बुधबार पार्टी कार्यालय बनस्थलीमा नेता तथा कार्यकर्तासँग सामूहिक छलफल गर्दै लामिछानले प्रचारका लागि नभई वास्तविक रुपमा पीडितलाई सहयोग गर्ने गरी उद्धार र राहतमा काम गर्न कार्यकर्तालाई आग्रह गरे ।

राजनीतिक आग्रह–पूर्वाग्रहबाट टाढा रहेर नागरिकको सेवामा लाग्नु पर्ने उनले बताए । प्राकृतिक प्रकोपका घटना भएसकेपछि आफूले राज्यका निकायसँग जानकारी लिन खोज्दा जानकारी नपाएको उनले गुनासो गरे ।

उनले प्रतिपक्षीमा बसेर सरकारको विरोध गर्ने नभई दुःखको अवस्थामा सरकारलाई सघाउने काम सबैको भएको धारणा राखे । उनले रास्वपाले गर्ने कामले तीनै तहको सरकारको सहयोगी भएर नागरिकको घर सडकमा जाने जिकीर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट