अनिश्चित कालसम्म अखिल क्रान्तिकारीको सम्मेलन स्थगित-Sutra News

अनिश्चित कालसम्म अखिल क्रान्तिकारीको सम्मेलन स्थगित

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ ।



असोज १० गतेदेखि सुरु भएको सम्मेलनमा अध्यक्षको नेतृत्वमा उमेर हद लगाउने वा नलगाउने भन्ने विषयबाट विवाद चर्किएको थियो । यस विषयलाई समाधान गर्न पटकपटक छलफल हुँदा निष्कर्षमा पुग्न नसकेपछि स्थगित भएको अध्यक्ष मण्डलले जनाएको छ ।

यसैबीच अध्यक्ष मण्डलले देशमा आएको बाढी पहिरो तथा हिन्दु धर्मालम्बीहरुको महान पर्व सुरु भएकाले अर्को सूचना जारी नहुँदासम्म सम्मेलन स्थगित गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट