आज घटस्थापनामा तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज घटस्थापनामा तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

बिहिबार, १७ असोज २०८१

बिहिबार, १७ असोज २०८१

आज मिति २०८१ असोज १७ गते बिहीबार । सन् २०२४ अक्टोबर ३ तारिख । नेपाल सम्बत ११४४ कौलाथ्व पारु, असोज शुक्ल प्रतिपदा तिथि । आजदेखि हिन्दु धर्मालम्बीहरूको महान पर्व दशैँको पहिलो दिन घटस्थापना । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ५७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४७ मिनेटमा हुनेछ ।



मेष

आजको दिन केही अनुकुल र केही प्रतिकुल परिस्थिति ब्यहोर्दै बित्ने देखिन्छ । ब्यस्तता बढ्नेछ । विशेष प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन मुस्किल पर्ने देखिन्छ । सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनु हितकर होला । दीर्घ कालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा समारोहमा भाग लिने मौका प्राप्त होला ।

बृष

रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध पैदा गर्न सक्छन्, सचेत रहनुहोला । पराक्रम र प्रेमभाव बढ्नेछ । रचनात्मक काममा सफलता प्राप्त गर्न सहज होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तजनको साथ मिल्नेछ ।

मिथुन

परिवारजनको साथले काममा उत्साह जगाउने छ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखद बन्ने छ । श्रद्धा र परोपकारमा मन गएपनि स्वास्थ्यमा केही कमजोरी अनुभूति हँदा शारीरिक सक्रियतामा कमी आउला । सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता वृद्धि हुनाले समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट

आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने छ । अस्वस्थताले चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । मिठो भोजन प्राप्त हुनेछ भने कर्मबल बढ्ने छ । साथीभाइको सहयोग प्राप्त हुनाले शत्रुपक्ष परास्त बन्ने छ । रसरागमा पनि आकर्षण रहला ।

सिंह

बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्ने समय भएपनि राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । तथापि, नयाँ काममा हात हाल्न केही समय पर्खनु नै उपयुक्त हुने देखिन्छ । पढाई लेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा पनि सोचेको फाइदा नहुने योग छ । रसराग एवम् मनोरञ्जनात्मक कार्यक्रममा आकर्षण रहला । यात्राको योग छ ।

कन्या

समय शुभदायी छ । व्यापारमा राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुन सक्छन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार मिल्ने योग छ । अतिथिका रूपमा सम्मान समेत पाइएला । आयबल र कार्यगति बढ्ने छ । यात्रामा सफल रहनेछ ।

तुला

आजको दिन केही चुनौती बढ्ने देखिन्छ । अनावश्यक भ्रमणको योग छ भने स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । तथापि, मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुन सक्छ । अथक प्रयत्न गरे सहयोगीहरूले पनि काममा उत्साह जगाउन सक्छन् । कुनै विशेष नयाँ योजना छ भने सुरु गर्न केही समय धैर्य राख्नु उचित हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

बृश्चिक

सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्ने समय रहेकोले विशेष सचेत रही कार्य गर्नुहोला । व्यावसायिक काममा खर्च बढ्नेछ, तर आयआर्जनमा पनि कमी नआउला । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । कृषिको काममा सिथिलता आउन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता, बौद्धिकता र पराक्रम वृद्धि हुनेछ । फजुल खर्चबाट बच्नका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु

विगतका समस्या बल्झिन सक्ने समय छ, सचेत रहनुहोला । सानातिना काम र घरेलु समस्या देखापर्न सक्छन्, धैर्यताका साथ सम्पन्न गर्ने प्रयत्न गर्नु नै उचित हुनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनसक्ने योग छ । रोकिएका काम बन्नाले पछिल्लो प्रहर उत्साह जाग्ने देखिन्छ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।

मकर

कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने दिन छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । तथापि, चिताएको काम समयमै सम्पादन नहुन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुने योग छ । दामपत्य सुख वृद्धि हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । नियम कानूनले साथ दिनेछ ।

कुम्भ

कामको चापबाट केही फुर्सद पाइने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । मनमा केही डरको भाव भएपनि विभिन्न अवसरले पछ्याउने देखिन्छ । बोलीको प्रभाव पनि बढ्ने योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । साहस वृद्धिले आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन

दिन खासै अनुकुल नरहला । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहन सक्छ, धैर्यताको जरुरत छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्, सचेत रहनुहोला । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । मनमा प्रेमभाव भने रहनेछ । आफन्तजनको साथ मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट