लगातार दाेस्राे दिन पनि बढ्यो सुन–चाँदीको-Sutra News

लगातार दाेस्राे दिन पनि बढ्यो सुन–चाँदीको

बिहिबार, १७ असोज २०८१

बिहिबार, १७ असोज २०८१

काठमाडौं । स्थानीय बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला आठ सय रूपैयाँ बढेको सुनको मूल्य बिहीबार प्रतितोला एक सय रूपैयाँ बढेको हो।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला एक लाख ६० हजार नौ सय रूपैयाँ पुगेकाे छ । यसअघि बुधबार सुन प्रतितोला एक लाख ६० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

सुनकाे मूल्य बढ्दै गर्दा बिहीबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बुधबारकाे तुलनामा चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो।

बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा भइरहेकाे उतारचढावकाे प्रभाव स्थानीय बजारमा पर्ने गर्दछ । साेहीअनुसार स्थानीय बजारमा पनि मूल्य घटबढ भइरहेकाे हाे ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनकाे मूल्य प्रतिऔंस २६ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट