खुल्यो डीभीको लागि आवेदन, कसरी भर्ने ?-Sutra News

खुल्यो डीभीको लागि आवेदन, कसरी भर्ने ?

बिहिबार, १७ असोज २०८१

बिहिबार, १७ असोज २०८१

काठमाडाैं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२६ का लागि आवेदन खुला भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार असोज १६ गते राति ९ः४५ बजेबाट शुरु गरेकाे हाे ।



डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहने जनाइएकाे छ ।

दूतावासले डीभीकाे लागि आवेदन भर्न कुनै शुल्क नलाग्ने प्रष्ट पारेको छ । डिभीको लागि फारम अनलाइनमार्फत नै भर्नुपर्ने छ।

आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य सूचीकृत गर्नुपर्ने दूतावासले जनाएको छ ।

उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ।

एक जना व्यक्तिले डीभीका लागि एउटा मात्र आवेदन दिन पाउने छन्। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने जनाइएकाे छ ।

डीभीका लागि हालसालै खिचिएको फोटो आवश्यक भएको जनाइएको छ। विगतमा डीभी भर्न राहदानी आवश्यक पर्ने गरेको थियो। अहिले भने राहदानी विना नै डीभी भर्न सकिन्छ।

दूतावासले जनाएअनुसार डीभी कार्याक्रममा सहभागी हुन इच्छुकले https://dvprogram.state.gov/ मा गएर तोकिएको अवधिमा आवेदन भर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट