यी हुन् झ्याप्ले खोलामा पुरिएका यात्रुहरू-Sutra News

यी हुन् झ्याप्ले खोलामा पुरिएका यात्रुहरू

बिहिबार, १७ असोज २०८१

बिहिबार, १७ असोज २०८१

काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका ९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर तीन वटा गाडीमा सवार ३५ जनाले ज्यान गुमाए ।



मृत्यु हुनेमा २५ जना पुरुष नौ जना महिला र एक जना बालिका छन् । उनीहरू सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुई वटा माइक्रो र एउटा बसमा सवार यात्रुलाई असोज ११ मा पहिरोले पुरेको हो । गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसमा ४ जना सवार थिए ।

चितवनबाट काठमाडौँ आउँदै गरेको बा २ ख १३४५ नम्बरको हायसमा १७ जना र लु १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए । घटनास्थलबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ ।

यी हुन् सनाखत भएकाहरूः

३५ वर्षीय प्रकाश कुँवर, बुटवल उपमहानगर-१६

३३ वर्षीय अनुप तल ठकुरी कुँवर, बुटवल उपमहानगर-१६

२९ वर्षीय सिर्जना कुँवर, बुटवल उपमहानगर-१६

५० वर्षीय रमेश प्रसाद लुइँटेल, रुपन्देहीको देवदह नगरपालिका-४

२५ वर्षीय बोमबहादुर खाम्चा, अर्घाखाँची सि.न.पा-७

३३ वर्षीय सुमन बजगाईं, धादिङ धुनिवेशी नगरपालिका-९

४५ वर्षीय सिता भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका-३

१४ वर्षीय दिपिक भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका-३

१४ वर्षीय दिपेश भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका-३

३२ वर्षीय जुद्धबहादुर रायमाझी, गुल्मी दरबार गाउँपालिका-७

३१ वर्षीय प्रमिता भुषाल, गुल्मी दरबार गाउँपालिका-७

२ वर्षीय कृशव रायमाझी, गुल्मी दरबार गाउँपालिका-७

२१ वर्षीय साइमन तामाङ, नुवाकोट सामरी-५

३१ वर्षीय पुष्पा शर्मा, पर्वत कुश्मा नगरपालिका-२

२८ वर्षीय नवराज पन्त, गोरखा बारपाक सुलिकोट-७

३९ वर्षीय तेजबहादुर विष्ट, रुकुम पश्चिम मुसिकोट-१५

४० वर्षीय नवराज तिवारी, गोरखा गण्डकी गाउँपालिका-४

२३ वर्षीय नवीन सिंह, बझाङ जयपृथ्वी नगरपालिका-१

२१ वर्षीय अनिता थापामगर, चितवन भरतपुर नगरपालिका-२१

३३ वर्षीय सन्तु विक, मकवानपुर मनहरी-९

४८ वर्षीय आनन्द राजवंशी, काठमाडौँ महानगर-१६

१९ वर्षीय सिद्धार्थ गुरुङ, चितवन खैरहनी नगरपालिका-३

२६ वर्षीय जनक कुँवर, तनहुँ भानु नगरपालिका-३

५३ वर्षीय मोहनदास आचार्य, चितवन भरतपुर-९

५६ वर्षीय नरेन्द्र खत्री, चन्द्रागिरी नगरपालिका-१

४७ वर्षीय मदन परियार दमै, गोरखा भिमसेन गाउँपालिका-४

१५ वर्षीय विनायक भट्टराई, गोरखा भिमसेन गाउँपालिका-४

२७ वर्षीय सुके दमै, गोरखा धोर्चे गाउँपालिका-७

५२ वर्षीय इन्द्रजित राना, बागलुङ बडिगार्ड गाउँपालिका-२

४० वर्षीय भिमकुमारी राना, बागलुङ बडिगार्ड गाउँपालिका-२

३९ वर्षीय हरिबहादुर बुढा, जुम्ला सिजा गाउँपालिका-६

२६ वर्षीय लिलामाया तामाङ, धादिङ ज्वालामुखी गाउँपालिका-२

१७ वर्षीय वसन्त शाह, सर्लाही चक्रघट्ट गाउँपालिका-६

२८ वर्षीय नन्दप्रसाद किशोर चौधरी, सप्तरी सप्तकोसी नगरपालिका-७

३४ वर्षीय लेखनाथ ओझा, तनहुँ ब्यास नगरपालिका-५

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट