प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्रीबीच भेटवार्ता-Sutra News

प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्रीबीच भेटवार्ता

बिहिबार, १७ असोज २०८१

बिहिबार, १७ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेका बङ्गलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनले शिष्टाचार भेट गरेकी छन् ।



प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुई पक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट