ताइवानमा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु-Sutra News

ताइवानमा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु

बिहिबार, १७ असोज २०८१

बिहिबार, १७ असोज २०८१

काठमाडौँ । दक्षिणी ताइवानको पिङटुङ काउन्टीमा बिहीबार अस्पतालमा भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ



यद्यपि, ताइवानबाट सम्प्रेषित एएफपीको समाचारमा मृतक सङ्ख्या नौ पुगेको बताइएको छ । पिङटुङ काउन्टी सरकारले आगलागीस्थलबाट उद्धार गरिएका छ जना पुरुष र दुई जना महिला गरी आठ जनाको घटनास्थलमा मृत्यु भएको जनाएको छ ।

स्थानीय दमकल विभागले बिहान ७ः४१ बजे अन्ताइ तियान-शेङ मेमोरियल अस्पतालको एक भवनबाट बाक्लो धुँवा निस्केको जानकारी पाएको जनाएको छ ।

अस्पतालका अवैतनिक डीन सु चिङ-चुआनले यसअघि सञ्चारकर्मीसँग कुरा गर्दै अस्पतालको भवनको मेशिन कक्षमा एयर कम्प्रेसर जलाइएका कारण आगलागी भएको र अधिकांश पीडितहरू अस्पतालमा भर्ना भएका वृद्ध बिरामीहरू रहेको बताएका थिए ।

घटनास्थलमा रहेका उद्धारकर्मीले स्थानीय सञ्चार माध्यमलाई आगो नियन्त्रणमा आइसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट