बाढी पीडितका लागि पाँच करोड डलर सहयोगको घोषणा-Sutra News

बाढी पीडितका लागि पाँच करोड डलर सहयोगको घोषणा

बिहिबार, १७ असोज २०८१

बिहिबार, १७ असोज २०८१
फाइल तस्बिर

काठमाडौँ । संयुक्त राष्ट्रसंघले बुधबार नाइजेरियामा बाढी पीडितको सहयोगका लागि पाँच करोड अमेरिकी डलर ऋण जारी गरेको छ ।



केन्द्रीय आपत कालीन राहत कोषबाट प्राप्त रकमले नाइजेरियाका बाढी प्रभावित बोर्नो र बाउची र उत्तर पश्चिम राज्यमा आधारभूत आवश्यकतालाई सम्बोधन गर्न मद्दत गर्ने राष्ट्रसंघले एक विज्ञप्ती जारी गरी जानकारी गराएको छ ।

बाढीले पश्चिम अफ्रिकी देश नाइजेरियाका ३६ राज्यमध्ये कम्तीमा ३१ राज्यमा १२ लाखभन्दा बढी मानिसलाई असर गरेको राष्ट्रिय आपत कालीन व्यवस्थापन एजेन्सी (नेमा)ले जनाएको छ । त्यहाँ बाढीका कारण करिब एक लाख २७ हजार ५०० हेक्टरको बालीसमेत प्रभावित भएको छ ।

“नाइजेरियामा बाढीले निरन्तरको संकटभित्र पनि थप संकट सिर्जना गरेको नाइजेरियाका लागि संयुक्त राष्ट्र संघीय संयोजक मोहम्मद मलिक फलले बताए ।

आर्थिक कठिनाइका कारण लाखौँ मानिसहरूले बाढीअघि खाद्य असुरक्षाको सामना गरिरहेका थिए । यसको कारण गरिब परिवारमा अनिकाल लागेको छ । बाढीको चपेटामा परेका नाइजेरियाका धेरै राज्यमा हैजा संंक्रमणका विरामी पनि भेटिएका छन् ।

गत महिना, बोर्नो राज्यको राजधानी, उत्तरपूर्वी शहर मैदुगुरीमा गम्भीर बाढी प्रकोपले कम्तिमा ३१ जनाको ज्यान लिनुका साथै चार लाख मानिसलार्ई विस्थापित बनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट