‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘मैजारो’ सार्वजनिक-Sutra News

‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘मैजारो’ सार्वजनिक

बिहिबार, १७ असोज २०८१

बिहिबार, १७ असोज २०८१

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को शीर्ष गीत ‘मैजारो’ सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।



गीतको शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटीको रहेको छ । गीतमा फिल्मका मुख्य पात्रको प्रेम, सम्बन्ध र बिछोडलाई समावेश गरिएको छ ।

गीतको भिडियोमा प्रमुख कलाकार पूर्ण बहादुर (विजय बराल), अञ्जना बराइली र बलाकलाकार स्वायम् केसीसहित कलाकारको फिचर्ड देखिन्छ ।

गीतमा पूर्ण बहादुरलाई श्रीमतीले छाडेपछिको अवस्था प्रस्तुत गरिएको छ । उनी गीतसँगै आफ्नो पीडा सुनाउँदै गाउँमा पुग्छन् ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म आगामी कात्तिक १५ गतेबाट प्रदर्शनमा हुँदै छ । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकार छन् ।

सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।

संगीतकार प्रशान्त शिवाकोटीले चलचित्रमा संगीत दिएका छन्, जसमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट